Below Menu
Below Menu

शिखर इन्स्योरेन्सले कमायो २५ करोड बढी नाफा, खुद बीमाशुल्क ५५ करोड माथि 

शिखर इन्स्योरेन्सले कमायो २५ करोड बढी नाफा, खुद बीमाशुल्क ५५ करोड माथि 

काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा २५ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.१७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सको कर्जाबाट हुने आम्दानी २० करोड २७ लाख ५० हजार रुपैयाँ पुगेको । जुन ०.७३ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिको कम्पनीको यस्तो आम्दानी २० करोड ४२ लाख ४४ हजार रुपैयाँ रहेको थियो । त्यस्तै कमिशन आम्दानी पनि ४.३१ प्रतिशतले घटेर ३३ करोड १२ लाख रुपैयाँमा झरेको छ । 

समिक्षा अवधिमा कम्पनीले एक अर्ब १४ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले एक अर्ब १८ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.०३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ५१ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

दुई अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड ४९ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १३ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.९२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९९.२५ रुपैयाँ रहेको छ ।


 

Advertisment

थप समाचार