Below Menu
Below Menu

तारागाउँ रिजेन्सी होटलको नाफा ७१.०७ प्रतिशतले बढ्यो, इपीएस कति ? 

तारागाउँ रिजेन्सी होटलको नाफा ७१.०७ प्रतिशतले बढ्यो, इपीएस कति ? 

काठमाडौं : तारागाउँ रिजेन्सी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । गत वर्ष होटलले १० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । 

समिक्षा अवधिमा होटलको कुल आम्दानी १४.४० प्रतिशतले बढेको छ भने अन्य आम्दानी १८.७६ प्रतिशतले घटेको छ । हाल होटलको चुक्ता पुँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८६ करोड १० लाख रुपैयाँ छ ।

पुस मसान्तसम्म होटलको प्रतिशेयर आम्दानी भने बढेर १९.२५ रुपैयाँमा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ४७.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५.६४ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार