Below Menu
Below Menu

हिमालयन लाइफले कमायो साढे ३४ करोड नाफा, इपीएस घट्यो 

हिमालयन लाइफले कमायो साढे ३४ करोड नाफा, इपीएस घट्यो 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.२४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले ८ अर्ब एक रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ८.५१ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले ७ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा गत वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.१९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ७ अर्ब ८९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

आठ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४८ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३० करोड १३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनको खर्च पनि घटाएको छ । पुस मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा ६५ करोड ६३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३६ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको नाफा बढेपनि वार्षिक प्रतिशेयर आम्दानी भने घटेको छ ।  गत वर्षको पुससम्म १०.०२ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी घटेर ८.६३ रुपैयाँ पुगेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ १२३.१३ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार