काठमाडौं : सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन गर्ने भएको हो ।
अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गर्दै गर्दा यता राष्ट्र बैंकले समेत मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागिसोमबार बेलुका सञ्चालक समितिको बैठक डाकेको हो ।
Advertisment