काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४९ लाख बढी कित्ता बोनस शेयर थपिएको छ। सोमबार नेप्सेले गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
बैंकले गत आवको मुनाफाबाट ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो ।
Advertisment