काठमाडौं : राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्स्योरेन्सको कर्जाबाट हुने आम्दानी ३९ करोड ६८ लाख रुपैयाँ पुगेको । जुन ३५.७० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिको कम्पनीको यस्तो आम्दानी ३९ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.३३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १३ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १७ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल दावी भुक्तानी ११ करोड ३४ लाख रुपैयाँ रहेको छ । जुन ८२.४५ प्रतिशतले बढी हो । गत वर्षको कुल दावी भुक्तानी ६ करोड २१ लाख रुपैयाँ थियो ।
२६ करोड ६६ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन अर्निङमा ३ अर्ब ५३ करोड २६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्वीटीमा १३ अर्ब ३४ करोड ४० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३२०.४८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९४.५९ रुपैयाँ रहेको छ ।
Advertisment