Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा मनिचेञ्चर कारोबार गर्ने आधा दर्जन कम्पनीको लाइसेन्स खारेज

राष्ट्र बैंकद्वारा मनिचेञ्चर कारोबार गर्ने आधा दर्जन कम्पनीको लाइसेन्स खारेज

काठमाडौं : नेपाल राष्ट्र बैंकले मनिचेञ्चरको कारोबार गर्ने आधा दर्जन कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रीय बैंकल मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ कम्पनीको लाइसेन्स रद्द गरिदिएको हो ।

राष्ट्र बैंकका अनुसार काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज, भक्तपुर तौमढीको न्यातपोल मनि एक्सेञ्ज, काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाइकुण्डको ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंको रुट नेपाल मनि एक्सचेञ्जको लाइसेन्स रद्द भएको हो । 

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार