Below Menu
Below Menu

आईपीओ निष्कासनको अनुमति माग्दै स्वस्तिक लघुवित्तसहित दुई कम्पनीले दिए बोर्डमा निवेदन 

आईपीओ निष्कासनको अनुमति माग्दै स्वस्तिक लघुवित्तसहित दुई कम्पनीले दिए बोर्डमा निवेदन 

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सेबोनका अनुसार स्वस्तिक लघुवित्तले लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको हो । लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

यसैगरी कालिञ्चोक हाइड्रोपावरले ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको हो । 

कम्पनीका आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । बोर्डका अनुमति पाएसँगै यी दुई कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछन् ।
 

Advertisment

थप समाचार