Below Menu
Below Menu

नेप्से परिसूचक २१ सय बिन्दुमा, कारोबार रकममा देखिएन सुधार 

नेप्से परिसूचक २१ सय बिन्दुमा, कारोबार रकममा देखिएन सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.५० अंकले घटेर २०९०.६४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज एनआईसी एशिया ग्रोथ फण्ड –२ को शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment