Below Menu

अर्थतन्त्र सुधारका प्रयासहरु सफल हुन सकेनन्: अर्थमन्त्री 

अर्थतन्त्र सुधारका प्रयासहरु सफल हुन सकेनन्: अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका प्रयासहरु सफल हुन नसकेको बताएका छन् । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

Sponsored Advertisement

सम्मेलनमा बोल्दै उनले लक्ष्य अनुसार अम्दानी हुन सक्ने अवस्था नरहेको बताए । राजस्व संकलनमा सुधारको ठाउँ रहेको बताउँदै उनले पुँजी गत खर्चको रफ्तार भने बढ्ने दावी गरे । 

पूँजीगत खर्च भन्दा सार्वजनिक ऋणको भार बढिरहेको छ । ऋणको दायित्व बढिरहेको छ उनको भनार्य छ । यसका साथै उनले लगानी सम्मलेनमा विदेशी लगानीकर्ताले उत्सुकता देखाएको बताए । कन्टी रेट्रिङको प्रक्रिया अगाडी बढेकाले विदेशी लगानीकर्तालाई पनि अन्योता हट्दै जाने बताए ।

साथै उनले अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । उनले भने, ‘बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको छ । रेमिट्यान्स बढिरहेको छ विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ ।’

थप समाचार