काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेटको घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा प्रकाश शरण महतले बजेटको २ खर्ब २० अर्ब रुपैयाँले घटाएको घोषणा गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याएको संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् ।
जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । चालू आवका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ मा १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने संशोधित लक्ष्य सार्वजनिक गरेका छन् ।
१७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका अर्थमन्त्री डा. महतले संशोधित खर्च तथा आम्दानीको अनुमान आज (सोमबार) सार्वजनिक गरेका हुन् । मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा महतले गत जेठमा सार्वजनिक गरिएको बजेटका सबै कार्यक्रम कार्यान्वयन नहुने बताए ।
बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । सरकारले सुधारको प्रयास गर्दा गर्दै लक्ष्य अनुसार आम्दानी बढ्न नसकेकाले सरकाले खर्चको अनुमान घटाउनु परेको महतले बताए ।
महतले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताए ।