काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियुक्ती सम्बन्धी एजेण्डा पारित गरेको छ ।
साथै शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लाभाशं पनि पारित गरेको छ । त्यसैगरी कम्पनीको प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पनि पारित गरेको छ ।
वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फबाट डा. भिष्म कार्की
र दिवेश लोहनी सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ४ अर्व ६४ करोड पुरा भएको छ ।
Advertisment