Below Menu
Below Menu

नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो, इपीएस कति?

नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो, इपीएस कति?

काठमाडौं : नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफा र प्रति सेयर आम्दानी घटेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफामा असर परेको हो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशतले घटेको छ । यस्तै वित्तीय आम्दानी ८.६१ प्रतिशतले घटेको छ। कम्पनीको कुल आम्दानी पनि ३.५८ प्रतिशत घटेको छ ।

यसैगरी कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात २०.६२ गुणा छ ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार