Below Menu
Below Menu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याज?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याज?

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिका लागि  ‘१०५ एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ४० लाख ४० हजार इकाई (४ अर्ब ४ करोड रुपैयाँ) ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले १६ लाख १६ हजार इकाई आफैले अन्य विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ भने बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ । ८० हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

यसको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।

Advertisment

थप समाचार