फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्दै रिडी पावर

फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्दै रिडी पावर

काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम १ः०.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजननका लागि कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। जसअनुसार माघ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले कम्पनीको हकप्रद शेयरमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

थप समाचार