काठमाडौं : अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५०.८८ प्रतिशतले कम हो । गत वर्षको पुुससम्म कम्पनीले चार करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युुत बिक्री आम्दानी घट्दा नाफामा असर परेको हो । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड २० लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड २३ लाख रुपैयाँको विद्युत बेचेको थियो ।
यस अवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि २ करोड ४० लाख रुपैयाँबाट बढेर १५ करोड २९ लाख पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २.४९ रुपैयाँ रहेको भने प्रतिशेयर नेटवर्थ १०४.४३ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोष आठ करोड २६ लाख रुपैयाँ रहेको छ ।
Advertisment