Below Menu
Below Menu

मौद्रिक नीतिको समिक्षाले लगानीकर्तामा निराश, नेप्से परिसूचकमा उच्च गिरावट 

मौद्रिक नीतिको समिक्षाले लगानीकर्तामा निराश, नेप्से परिसूचकमा उच्च गिरावट 

काठमाडौं : सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिले संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था बाहेक अन्य व्यवस्था नगरेका कारण लगानीकर्ताहरु निराश बनेका छन् । लगानीकर्ताको अपेक्षा अनुसार मौद्रिक नीति नआउँदा मौद्रिक नीति पछि खुलेको शेयर बजार ओरालो लागेको छ । 

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ४० कम्पनीको शेयरमूल्य बढेको छ । भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त वित्तीय संस्था  र सुपर माई हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment