Below Menu
Below Menu

विकूको ‘सदस्य सँगसँगै विकू’ कार्यक्रम धमाधम, गर्भदेखि स्वर्गसम्म

विकूको ‘सदस्य सँगसँगै विकू’ कार्यक्रम धमाधम, गर्भदेखि स्वर्गसम्म

काठमाडौं : नेपालकै उत्कृष्ट एवं प्रतिष्ठित सहकारी विकू बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य संगसंगै विकू को ३३औं श्रृखला सम्म आईपुगेको छ । यस कार्यक्रम अन्तरगत समुदाय र सदस्य स्तरमा समुदायमा सदस्यहरु संगै सदस्यको मझेरीमै बसेर जानकारी तथा भलाकुसारी गर्ने गरिन्छ ।

जहाँ सदस्यका कुरा, सुझाव तथा आग्रह र अनुरोधलाई उच्च महत्व दिई संस्थागत विकासका लागि अपनत्व ग्रहण गरिन्छ भने संस्थाले सदस्य केन्द्रित भई खुसि एवं स्वस्थ सदस्य निर्माणका लागि सञ्चालन गरेका गर्भदेखि स्वर्ग सम्मका वित्तीय तथा गैर वित्तिय कार्यक्रमहरुको वारेमा जानकारी आदान प्रदान गर्ने गरिन्छ ।

दैनिक जिवनयापनमा आईपरेका व्यक्तिगत तथा पारिवारिक समस्या समाधानका लागि उपायहरु प्रदान गरिन्छ । विशेषगरि बचत, ऋण, रेमिट्यान्स र विमा कार्यक्रमहरु वित्तिय कार्यक्रम अन्तरगत राखिएको छ भने गैर वित्तिय कार्यक्रमहरु सामाजिक सुरक्षा संग सम्वन्धित रहेका छन् ।

जस अन्र्तगत छात्रवृत्ति कार्यक्रम, सदस्यको करेशावारी हरियो तरकारी अन्तरगत महिला समुह (प्रत्येक समुहमा कम्तिमा ३१ जना महिला सदस्यहरुको सहभागीता), ज्येष्ठ सदस्यको लागि विकूको टेक्ने लठ्ठी, सुत्केरी भेटघाट तथा शिशु दर्शन कार्यक्रम, गर्भवति सदस्यको लागि पौष्टिक आहार, सदस्यको मृत्यु भएमा अन्तिम संस्कारका लागि रु.३० हजार राहत रकम रहेका छन् । 

त्यसैगरी, व्यवसायिक तथा सिपमुलक तालिम, निव्र्याजी सुत्केरी सहयोग ऋण, परिवार नियोजन सहयोग, स्कुल स्कुलमा विकू कार्यक्रम, स्थानीय वडा सँगको सहकार्यमा पूर्ण सदस्य वडा घोषणा गरिएको, पालीका संगको सहकार्यमा स्थानीय टोल विकास तथा महिला समुहहरुको क्षमता विकास कार्यक्रम, निरन्तर सदस्य केन्द्रित वित्तिय, स्वास्थ्य तथा प्रविधि शिक्षा, डस्टविन वितरण, मोवाईल टेलर सेवा, सदस्य स्वास्थ्य विमा, सदस्य सर्वेक्षण, दैनिक उपभोग्य विद्युतिय सामानको सहज उपलव्धता जस्ता कार्यक्रम रहेका छन् । 

त्यसैगरी स्थानीय प्रतिष्ठित अस्पतालहरुमा सदस्यहरुलाई उपचारमा विशेष सहुलियतको व्यवस्था लगायतका दुई दर्जन भन्दा बढि प्रत्यक्ष सदस्य संग सम्वन्धित र केन्द्रित सामाजिक सुरक्षाका कार्यक्रमहरु प्रदान गर्दै आईरेहको छ । सदस्य संग संगैको यस श्रृखलामा पनि सदस्यको घर दैलोमा सेवाहरुको वारेमा जानकारी तथा भलाकुसारी गर्ने गरिएको छ । 

हाम्रो लक्ष्य खुसि एवं स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ आफ्ना सबै कार्यक्रमहरुलाई गर्भ देखि स्वर्ग सम्मको एकिकृत अभियानमा परिचालीत गरेको छ । समयानुकुल आफ्ना सेवाहरुलाई सदस्य मैत्री तथा परिमार्जन गर्दै आईरेहको छ । पछिल्लो समयमा वित्तीय थप लगानी गरि बन्द भएका व्यापार व्यवसायहरुलाई सञ्चालनमा ल्याउने उद्देश्यले सहुलियत व्याजदरमा पुनरउत्थान ऋण सुरु गरेको छ । 

नियमित रोजगारीमा आवद्ध मासिक तलवि कर्मचारीहरुलाई केन्द्रित गरि तलबी ऋण, सदस्य जमानीमा लिएको ऋणवाट गरिएको व्यवसायको थप विस्तार तथा पुनरसंचालनको लागि अमृत ऋण, नियमित ऋण भक्तानीमा छुटको व्यवस्था, रु.५० हजार सम्म निव्र्याजी आकस्मकि ऋण, मिसकल ऋण सेवा, सदस्य बडापत्र, सदस्य स्वागत, सूचना अधिकारी तथा कम्पलायन्स अधिकारीको व्यवस्था, सदस्यको गुनासो तथा दुखेसो व्यवस्थापन अधिकारीको व्यवस्था लगायतका उत्कृष्ट र अनुकरणीय सदस्य केन्द्रित तथा सदस्य मैत्री कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहेको  छ । 

नेपालमै प्रविधि प्रयोगमा अग्रणी एवं अनुकरणीय कार्य गर्दै आईरेहको संस्थाले यस आर्थिक वर्षको अन्त सम्म करिब ७० प्रतिशत सदस्यमा प्रविधिको पहुँच विस्तार गर्ने योजना रहेको छ । हाल करिव ५० प्रतिशत सदस्यहरु प्रविधि प्रयोगको दायरामा आईसक्नु भएको छ । हाल यस संस्थामा करिब १ लाख २० हजार शेयर सदस्य, करिब ९ हजार वाल सदस्य, २४ वटा सेवा केन्द्र र करिब १० अरबको कुल पूँजी रहेको छ भने ६ ठाउवाट एटिएम सेवा प्रदान गरिरहेको । 

नेपालमै पहिलो पटक जलवायु अनुकुलन कार्यदल गठन गरि जलवायु परिवर्तन र यसको असरका वारेमा आधिकारिक नितिनै तय गरि ग्रीन सहकारीको अवधारणालाई अगाडी बढाएको छ । 

विधिले सञ्चालन हुनु पर्छ व्यक्तिले होईन भन्ने मान्यतालाई शुरुवात देखिनै अबलम्बन गर्दै आएको यस सस्था सुसाशनमा पनि अब्बल रहेको छ । संघिय सरकार अन्तरगत सहकारी विभागको प्रत्यक्ष नियामकीय दायरामा रहेको यस संस्था विगतमा लामो समय सम्म नेपाल राष्ट्र बैंकको सुपरिवेक्षीय क्षेत्रमा रहेकाले पनि वित्तिय क्षेत्रमा अनुकरणीय रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रवाट पनि यस संस्थाको अध्ययन तथा अवलोकन हुने गर्दछ ।

गत वर्ष मात्रै १०३ वटा देश भित्र वाट र ९ वटा देश वाहिरका विभिन्न प्रकृतीका संस्थाहरुले अध्ययन तथा अवलोकन गरेका थिए भने १२ जनाले यस संस्थाकै वारेमा सोधपत्र तयार पनि गरेका छन ।

मिक्स मार्केट ईन्टरनेशनलवाट फाईव स्टार, एक्सेस ब्राण्ड, युरोपियन एवार्डका लागि सूचिकृत, आन्तरिक राजश्व कार्यालय, सहकारी विभाग, जिल्ला सहकारी कार्यालय, एससिटि यूनियन पे नेटवर्क, नेफ्स्कुन, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी कार्यालय, जिल्ला बचत संघ लगायत दर्जनौ संघ संस्थावाट उत्कृष्टताको पुरस्कार समेत प्राप्त गरिसकेको छ । सबैको पहिलो रोजाई भन्ने परिकल्पना साथ अगाडी बढिरहेको संस्था बास्तबमै सबैको रोजाईमा पर्दै गएको देखिन्छ । 
 

Advertisment

थप समाचार