काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (फागुन २ गते) देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। जस अनुसार पुस १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै लगानीकर्ताले सि आस्वा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment