काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट माघ २५ गते स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन बीमालेख योजना, भाग्योदय जीवन बीमा (एकल भुक्तानी सावधिक) योजना र सुनौलो सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, कम्पनीले नवीन आजिवन बीमालेख (सावधिक तथा आजीवन) योजनामा न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै सार्थक आजिवबन बीमालेख (अग्रिम भुक्तानी तथा आजिवन) योजनामा न्युनतम प्रतिहजार ४२ रुपैयाँ सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा र धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि अधिकतम २७ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment