काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत फागुन १५ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।
इन्स्यारेन्सले उक्त बीमालेखहरुमा फागुन १ गतेदेखि १५ गतेसम्ममा नविकरण/पुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा ६० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
उक्त यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मिति देखि २ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।
यस भन्दा पहिले विलम्ब शुल्कमा छुट लिई सकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने र छुट योजनमा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरूलाई पूरा बीमा अवधिभरि पुनः छुट नदिइने समेत कम्पनीले जनाएको छ ।
Advertisment