Below Menu
Below Menu

लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित फागुन २० गते ३० औं बार्षिक साधारण सभा बोलाएको हो । सो सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत करसहिको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ। जस अनुसार फागुन १० गतेसम्म कायम भएका  शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार