Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य सुधार, बढ्न सकेन कारोबार

नेप्से परिसूचकमा सामान्य सुधार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७७.५० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कमपनी र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो ।

आज पिपुल्स पावर, एनआईसी एशिया ब्यालेन्स फण्ड र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमस्लय ५ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार