काठमाडौं : गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अघि बढेको छ । उक्त योजनाका इकाई बिक्री गर्न योजना व्यवस्थापक रहेको गरिमा क्यापिटल लिमिटेड धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
बोर्डको अनुमति पाएसँगै याजनाका इकाईहरु सार्वजनिक निष्कासन गरिनेछ । यो योजना गरिमा म्युचूअल फण्डको पहिलो बन्दमुखी योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ बराबरको रहेको छ ।
क्यापिटलले १० रुपैयाँ अङ्कित मूल्यमा १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
Advertisment