Below Menu
Below Menu

नेप्सेमा थपियो दुई हाइड्रोपावर कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो दुई हाइड्रोपावर कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले चिलिमे जलविद्युत कम्पनीको १० प्रतिशत र सानिमामाई हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको शेयर दोस्रो बजारमा सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार चिलिमे जलविद्युत कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको ७२ लाख ५८ हजार १८० कित्ता र सानिमामाई हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर वापतको ३० लाख ८९ हजार २५१ कित्ता शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार