काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
Advertisment