युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ४ गते अर्थात भोली बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन १७ गते, बिहीबार १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। उःत्त सभा आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

थप समाचार