फागुन १३ मा सर्वोत्तम सिमेन्टको आईपीओ, मूल्य प्रतिकित्ता ३६० रुपैयाँ

न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने

फागुन १३ मा सर्वोत्तम सिमेन्टको आईपीओ, मूल्य प्रतिकित्ता ३६० रुपैयाँ

काठमाडौं : सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले फागुग १३ गतेदेखि सर्बसाधारणका लागी बुक बिल्डिङबाट आईपिओ बिक्रि खुला गर्ने भएको छ । कम्पनीले सर्बसाधारणका लागि ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने हुन्छ । 

Sponsored Advertisement

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बिक्रि गरेको थियो । संस्थागत लगानीकर्ताहरुको मूल्यमा सर्वसाधारणलाई १० प्रतिशत छुट हुने व्यबस्था बमोजिम कम्पनीको आईपीओको मूल्य ३६०.१० रुपैयाँ कायम गरेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि स्थानिय बासिन्दाहरुबाट आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

थप समाचार