Below Menu
Below Menu

लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा

लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले लाभांश वितरण र थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा दिउँसो साढे ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले फागुन १३ गते बुकक्लोज गर्ने भएको छ । जस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कायम भएका  शेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार