Below Menu
Below Menu

पाँच अर्ब निक्षेप थपिदा दुई अर्ब कर्जा लगानी, अन्तर बैंकदर ३ प्रतिशत

पाँच अर्ब निक्षेप थपिदा दुई अर्ब कर्जा लगानी, अन्तर बैंकदर ३ प्रतिशत

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन पाँच अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

गत सोमबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन पाँच अर्बले बढेर ६१ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् माघ २८ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा दुई अर्ब रुपैयाँ निक्षेप बढेको छ । अघिल्लो दिनसम्म ५४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन २ अर्ब निक्षेप बढेर ५४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा पाँच अर्ब निक्षेप थपिदा दुई अर्ब मात्रै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब एक अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३.०१ प्रतिशत रहेको छ भने सिडि रेसियो ८०.२५ बिन्दुमा झरेको छ ।

Advertisment

थप समाचार