काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.९१ अंकले बढेर २०७७.५० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो ।
आज मैलुङ खोला जलविद्युत कम्पनी, प्रोग्रेशिभ फाइनान्स, महुली लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment