काठमाडौं : युनाइटेड इदी मार्दी एण्ड आरबी आइड्रोपावर कम्पनीको शेयरमूल्य समयोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ५.५ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ३७४ दशमलव ४१ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३९५ रुपैयाँमा भएको थियो ।
Advertisment