Below Menu
Below Menu

नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक (सूचीसहित) 

नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक (सूचीसहित) 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । बिहिबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म अद्यावधिक विवरण संस्थाको वगीकरण सार्वजनिक गरिएको हो । 

सार्वजनिक गरिएको वर्गीकरणमा परेको सस्ंथाहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दावी गर्न सक्ने समेत नेप्सेले जनाएको छ । ।

नेप्सेका अनुसार ए वर्गमा ३१ कम्पनी परेका छन् । जसमा अधिकांश वाणिज्य बैंकहरु रहेका छन् भने अन्य विकास बैंक फाइनान्स  लघुवित्त, हाइड्रोपावर र निर्माण कम्पनीहरु समेत परेका छन् । 

त्यसैगरी बि वर्गमा ३५ कम्पनी रहेका छन् । जसमा केही वाणिज्य बैंक लगायत होटल, फाइनान्स कम्पनी र हाइड्राृेपावर रहेका छन् । 

नेप्सेका अनुसार जी वर्गमा ७० कम्पनी परेका छन् । जी मा अधिकांश हाइड्रोपावर लगायत इन्स्योरेन्स कम्पनीहरु परेका छन् ।  त्यस्तै जेड वर्गमा १३५ वटा परेका छन् । जसमा अधिकांश लघुवित्त, बीमा कम्पनी र अन्य कम्पनीहरु परेका छन् ।
 

Advertisment

थप समाचार