Below Menu
Below Menu

औषत ६ प्रतिशतले बढ्यो लघुवित्तको एनपीएल, १५ प्रतिशतको क्यापले नाफामा असर

औषत ६ प्रतिशतले बढ्यो लघुवित्तको एनपीएल, १५ प्रतिशतको क्यापले नाफामा असर

काठमाडौं : पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीको असर समग्र बैंक तथा वित्तीय संस्थामा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांक हेर्ने हो भने अधिकांश वित्तीय कम्पनीको नाफामा गिरावट आएको छ । 

बजारमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको असर लघुवित्तको वित्तीय विवरणमा परेको छ । मन्दीको कारण उपभोग्य वस्तुको माग घटेको छ भने ऋण असुल्न नसक्दा समग्र बैंक तथा वित्तीय संस्थाहरु खराब कर्जाको मारमा परेका छन् । 

पुस मसान्तसम्म अधिकांश लघुवित्त कम्पनीको नाफा ५०.७० प्रतिशतले घटेको छ  भने धेरै जसो कम्पनीहरु नोक्सानीमा रहेका छन् । कर्जा रिकभरिको समस्याका साथै कम्पनीहरुको ब्याज आम्दानी घट्दा नाफामा असर परेको छ । यसका साथै प्रशासनिक खर्च बढेका कारण पनि संस्थाको नाफामा गिरावट आएको छ ।

लघुवित्तको नाफामा खराब कर्जाको दबाब 

पछिल्लो समय आर्थिक मन्दीका कारण कर्जा नउठ्दा अधिकांश कम्पनीहरुको नाफा प्रभावित भएको हो । चालु आवको पुस मसान्तसम्म कम्पनीहरुको खराब कर्जा ३८.२३ प्रतिशतले बढेको छ । कर्जाको दबाबका कारण पनि संस्थाको नाफा घट्न पुगेको हो । यस अवधिमा कम्पनीहरुको खराब कर्जा औसतमा ६.५८ प्रतिशत छ ।

यस अवधिसम्म आइपुग्दा ३३ कम्पनीको नाफा घटेको छ भने १५ कम्पनी नोक्सानीमा बढेका छन् । आर्थिक संकुचनको बाजुदपनि अधिकांश कम्पनीको नाफा घट्दा  सात कम्पनीको भने नाफा बढेको छ । 

ऋण मिनाहा हुन्छ भन्ने भ्रामक गतिविधिले समस्या थपियो 

आर्थिक मन्दीका कारण लघुवित्तको व्यवसायमा असर गरेको लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव बताउँछन् । नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत समेत रहेका यादवले बजारमा देखिएको आर्थिक मन्दीले समग्र बैंक तथा वित्तीय क्षेत्र संकटमा रहेको बताए । 

उनी भन्छन्, ‘धेरैको रोजगारी कटौती भएको छ । बजारमा माग घटेको छ । लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र व्यवहार गर्ने लगायतका कारणहरुले पनि कर्जा असुलीमा समस्या भएको छ ।’

ब्याजदरमा १५ प्रतिशतको क्यापले लघुवित्तको नाफामा धेरै असर गरेको छ । उनको भनाई छ । ‘१५ प्रतिशतको ब्याजको क्यापले कस्ट अफ फण्ड महंगो भएको छ बचतको ब्याजदर पनि बढेको छ । ब्याजदरको क्यापले लागत मंहगो भएको छ । कर्मचारीहरुमाथिको अभद्र व्यवहारले उनीहरुको मनोबल गिरेको छ काम गर्ने वातावरण छैन’,उनले भने । 

उनका अनुसार कर्जा असुलीको समस्या अहिले बैंक तथा वित्तीय संस्थामा पनि रहेको छ । वाणिज्य बैंकहरुको एनपीएल पनि ५ प्रतिशत पुगिसक्यो । बैंकहरुले त धितोमा लगानी गरेका हुन्छन् । तर, माइक्रोफाइनान्स कम्पनीले बिना धितो विश्वासको आधारमा ऋण लगानी गरिरहेका छन् । बिना धितो ४ खर्ब ३२ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । 

लघुवित्त क्षेत्रको योगदान सरकारले नबुझेको उनको गुनासो छ । उनी भन्छन्, ‘ग्रामिण क्षेत्रदेखि लिएर गरिबी परिवार र महिलाहरुलाई वित्तीय पहुँचमा ल्याएर आय आर्जनमा जोड्ने काम लघुवित्तले गरिरहेको छ । यस क्षेत्रको योगदान सरकारले बझेन ।’

सरकारले माइक्रोफाइनान्सलाई विशेष प्राथमिकताको क्षेत्रमा राखेर विकास क्षेत्रको एजेन्सी पार्टनरको रुपमा राख्नुपेर्न उनको माग छ । सरकारबाट हुने स्वास्थ्य, कृषि, साना उद्योग विकास लगायतका कार्यक्रमहरु सञ्चालनका गर्न एकीकृत भएर लाग्नुपर्ने उनको भनाइ छ । 

‘लघुवित्त देशको कायापटल गर्न सक्ने क्षेत्र हो । ६० लाख घरधुरी यो क्षेत्रमा आवद्ध छन्  । गरिबी परिवारमा गएर आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गर्नका लागि काम गरिरहेका छौं । हामीले एक्लै सबै काम गर्न सक्दैनौ सरकारको साथ चाहिन्छ’, उनले भने । 

सरकारले गरिब र साना किसानहरुको लागि दिइने कृषि कर्जा र सहुलियत कर्जा लघुवित्त मार्फत दिनुपर्ने बताउँदै उनले भने, ‘वाणिज्य बैंकहरुले साना किसानका लागि काम गर्दैन । हामी घर घरमा गएर ग्राहकलाई सेवा दिन्छौं ।’

आर्थिक स्रोत (फन्डिङ) को कुरामा लघुवित्तहरु वाणिज्य बैंकहरुमा निर्भर रहनुपरेको बताउँदै उनले रिलायबल स्रोतको व्यवस्था गरिदिनुपर्ने बताए । माइक्रोफाइनान्स फण्ड बनाएर सस्तो ब्याजमा ऋण प्रवाह गर्ने, र ऋणको दर कायम गर्ने व्यवस्था गरिदिनुपर्ने उनको भनाई छ । 

उनी भन्छन्, ‘ब्याजदर महंगो भयो सिंगल अंकमा झार्नुपर्ने भनिरहेको छ । वाणिज्य बैंकबाट १५ प्रतिशतमा ब्याजमा ऋण लिएर एकल अंकको ब्याजमा संस्थाले ऋण लगानी गर्न सक्दैन । यो संस्था सस्टेन हुुनुपर्यो पब्लिकको लगानी छ । स्रोतको व्यवस्थापन गरिदिनुपर्यो ।’

नाफा बढ्ने सात कम्पनी 

पुस मसान्तसम्म आइपुग्दा नाफा बढ्ने कम्पनीहरुमा सपोर्ट लघुवित्त, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्त, साना किसान विकास लघुवित्त, साना लघुवित्त, विजय लघुव्त्रि । जनउत्थान लघुवित्त रहेका छन् । 

  Profit of Microfinance (Q2) '000'
  Name  2080/81         2079/80        Difference in %
  Mirmire laghubitta      34,005 58,108 -41.48
  RSDC laghubitta  69,304 79,414 -12.73
  First Microfinance laghubitta          84,914       144,483        -41.23
  Gurang laghubitta  7,728 247 3028.74
  Support laghubitta  8,642 2,491 246.93
  Aatmanirvar laghubitta  11,822 12,401 -4.67
  Arambha Chautari laghubitta  12,491 20,633 -39.46
  Infinity laghubitta  14,982 41,099 -63.55
  Mero Microfinance laghubitta  64,309 67,795 -5.14
  Unique Nepal laghubitta  33,226 15,184 118.82
  Global IME laghubitta  47,830 65,144 -26.58
  Mahuli laghubitta  26,113 26,498 -1.45
  Himalayan laghubitta 5,258 13,382 -60.71
  Swarojgar laghubitta  39,178        50,497 -22.42
  Swabalamban laghubitta 41,563 240,195 -82.70
  Mithila laghubitta 13,324 21,747 -38.73
  chhimek laghubitta  436,225 556,082 -21.55
  Ganapati laghubitta  10,742 11,374 -5.56
  Nerude laghubitta  24,808 65,717 -62.25
  CYC Nepal laghubitta  21,097 23,865 -11.60
  Jeevan bikas laghubitta  177,760 264,788 -32.87
  Swabhimaan laghubitta 566 2,943 -80.77
  Sana kisan Bikas laghubitta  442,499 434,964 1.73
  Gramin bikas laghubitta  96,917 -125,991 -176.92
  Nadep laghubitta  11,210 18,029 -37.82
  Sadhana laghubitta  29,517 25,579 15.40
  Jalpa Samudayak laghubitta  2,258 12,836 -82.41
  Unnati Sahakarya laghubitta  2,493 4,889 -49.01
  National Laghubitta  104,199 161,657 -35.54
  Sabaiko laghubitta  758 10,319 -92.65
  NIC Asia laghubitta 1,106 149,296 -99.26
  Suryodaya Womi laghubitta 33,554 99,133 -66.15
  Mahila laghubitta  26,596 45,571 -41.64
  Bijaya laghubitta 41,042 21,257 93.08
  Janautthan laghubitta 10,136 2,239 352.70
  Deprosc laghubitta 121,317 215,397 -43.68
  Nesdo Sambirdha laghubitta 28,492 110,224 -74.15
  Nirdhan uthan laghubitta  25,593 168,534 -84.81
  Samata Gharelu laghubitta 13,916 25,251 -44.89
  kalika laghubitta 17,947 26,980 -33.48

गत वर्ष २ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको गुराँस लघुवित्तले यस अवधिमा ७७ लाखद २८ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै सपोर्ट लघुवित्तले २४६.९३ प्रतिशतले नाफा बढाएको छ भने युनिक नेपाल लघुवित्तको नाफा ११८.८२ प्रतिशतले बढेको छ । 

पुस मसान्तसम्म आइपुग्दा साना किसान विकास लघुवित्तले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै साधना लघुवित्तले १५.४० प्रतितशले नाफा बढाएको छ भने विजय लुघत्तिले ९३.०८ प्रतिशत र जनउत्थान लघुवित्तले ३५२.७० प्रतिशतले नाफा बढाएका हुन् ।

नोक्सानीमा रहेका १५ कम्पनी 

चालु आवको पुस मसान्तसम्म आइपुग्दा १५ कम्पनीले नोक्सानी व्यहोरका छन् । गत वर्षदेखि नै राष्ट्र बैैंकले संस्थाको सेवाशुल्क तथा ब्याजदरमा गरेको कडाई र एकल कर्जा नीतिका कारण लघुवित्तको व्यवसायमा असर पर्दा कम्पनीहरुको नोक्सानी थपिएको छ । 

एकातिर कर्जा लगानी गर्न सकेका छैनन् भने ऋण असुलीमा समेत उत्तिकै समस्या देखिएको छ । यस अवधिमा एनएमबि लघुवित्तले ६ करोड ७५ लाख रपैयाँ नोक्सानी व्यहारेको छ भने अभियान लघुव्त्तिले पनि ६ करोड २४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

Profit of Microfinance (Q2) '000'
Name  2080/81       2079/80          Difference in %
NMB laghubitta  -67,563 1,353  -5094
Swastik laghubitta  -5,992 1,392 -530
Samaj laghubitta -1,670 7,582 -122
Samudayak laghubitta  -39,989 -3,172 1161
Manushi laghubitta  -17,785 -4,466 298
Asha laghubitta  -32,883 36,941 -189
Forward Microfinance laghubitta     -25,879 124,030 -121
Manakamana Smart laghubitta  -11,682 2,282 -612
Upakar laghubitta -17,529 -16,102   9
Kisan laghubitta  -55,881 1,758 -3279
Dhaulagiri laghubitta  -41,483 3,499 -1286
Aviyan laghubitta  -62,468 15,484 -503
BPW laghubitta  -4,044 -437 825
Wean Nepal laghubitta  -5,051 -10,971 -54
Shrijansil laghubitta  -146,354 16,565 -984

गत वर्ष एक करोड ६५ लाख रुपैयाँ नाफा कमाएको श्रीजनशील लघुवित्तले यस अवधिमा १४ करोड ६३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । यसका साथै स्वस्तिक, समाज, सामुदायिक, मानुषी, आशा, फरवार्ड माइक्रोफाइनान्स, मनकामर्ना स्मार्ट लुघवित्त समेत नोक्सानीमा छन् । 

त्यसैगरी वित्तीय रिपोर्ट अनुसार यपकार लघुवित्त, किसान, धौलागिरी,बीपीडब्लु र वीन नेपाल लुघवित्त वित्तीय संस्थाले पनि नोक्सानी व्यहोरेका छन् । 

नौ कम्पनीको खराब कर्जा दोहोरो अंकमा 

गत वर्षको पुस मसान्तसम्म औसत ४.७६ प्रतिशत रहेको संस्थाको खराब कर्जा यस आवधिमा आइपुग्दा औसत ६.५८ प्रतिशत पुगेको छ । आत्मनिर्भर, सामु्दायिक लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, एनआईसी एशिया, डिप्रोक्स, नेष्डा समृद्ध, निर्धन उत्थान र श्रीजनशील लघुवित्तको एनपीएल दोहोरो अंकमा पुगेको छ । 

  Non Performing Loan of Microfinance (Q2) 2080/81 
  Name     2080/81        2079/80     Difference in %
  Mirmire laghubitta  4.51 3.84 0.67
  RSDC laghubitta  1.82 0.81 1.01
  First Microfinance laghubitta  2.87 0.17 2.7
  NMB laghubitta  7.85 4.94 2.91
  Samaj laghubitta 4.01 0.09 3.92
  Aatmanirvar laghubitta  15.28 8.77 6.51
  Mero Microfinance laghubitta  7.87 4.96 2.91
  Unique Nepal laghubitta  9.92 7.37 2.55
  Global IME laghubitta  4.21 3.84 0.37
  Himalayan laghubitta  3.59 2.93 0.66
  Swarojgar laghubitta 5.89 4.44 1.45
  Swabalamban laghubitta 11 7 4.26
  Mithila laghubitta  4.47 3.29 1.18
  chhimek laghubitta  2.95 0.94 2.01
  Ganapti laghubitta 4.66 1.84 2.82
  Nerude laghubitta 8.83 4.89 3.94
  Samudayak laghubitta  14.65 9.04 5.61
  CYC Nepal laghubitta  4.77 4.62 0.15
  Manushi laghubitta  7.9 6.57 1.33
  Jeevan bikas laghubitta  2.95 2.83 0.12
  Swabhimaan laghubitta 3.09 2.04 1.05
  Sanakisan bikas laghubitta  2 1.37 0.63
  Nadep laghubitta  9.96 7.47 2.49
  Sadhana laghubitta  4.6 3.97 0.63
  Asha laghubitta  4.93 4.65 0.28
  Forward Microfinance laghubitta    7.71 3.81 3.9
  Manakamana Smart laghubitta   13.45 7.93 5.52
  Jalpa Samudayak laghubitta 7.1 4.72 2.38
  Kisan laghubitta 7.44 4.98 2.46
  Unnati Sahakarya laghubita  5.74 4.29 1.45
  National laghubitta 3.74 2.97 0.77
  Sabaiko laghubita 4.72 3.08 1.64
  NIC Asia laghubitta 13.76 3.38 10.38
  Suryodaya Womi laghubitta 7.34 4.2 3.14
  Mahila laghubitta  4.95 4.37 0.58
  Bijaya laghubitta 7.07 4.91 2.16
  Jana utthan laghubitta  7.87 4.23 3.64
  Deprosc laghubitta 10.41 3.74 6.67
  Nesdo Sambridha laghubitta 11.97 5.27 6.7
  Nirdhan utthan laghubitta 11.7 8.38 3.32
  Samata gharelu laghubitta  6.02 4.57 1.45
  Aviyan laghubitta 6.88 4.91 1.97
  BPW laghubitta  4.93 4.78 0.15
  Shrijansil laghubitta  18.14 9.1 9.04
  Kalika laghubitta  4.82 4.4 0.42

यस अवधिमा युनिक नेपाल लघुवित्तको खराब कर्जा ९.९२ प्रतिशत रहेको छ । त्यस्तै एनएमबिको ७.८५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ७.८७ प्रतिशत, नेरुडेको ८.८३ प्रतिशत, नाडेपको ९.९६ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७.७१ प्रतिशत र किसान लघुवित्तको खराब कर्जा ७.४४ प्रतिशत रहेको छ ।

दश कम्पनीले घटाए खराब कर्जा 

यस अवधिमा अधिकांश कम्पनीको खराब कर्जा बढ्दा दश कम्पनीले भने यस्तो कर्जा घटाएका छन् । नोक्सानीमा रहेका र नाफा घटेका कम्पनीहरुले पनि खराब कर्जा घटाएको तथ्यांकमा उल्लेख छ । 

गत वर्षको पुससम्म ३.५३ प्रतिशत रहेको सपोर्ट लघुवित्तको खराब कर्जा घटेर १.५४ प्रतिशतमा झरेको छ । त्यस्तै, गुराँस लघुवित्तको ३.७५ प्रतिशत, आरम्भ चौतारीको ४.६४ प्रतिशत, स्वस्तिक लघुवित्तको ३.६५ प्रतिशत, महुलीको ४.६४ प्रतिशत खराब कर्जा रहेको छ । 

त्यसैगरी ग्रामिण विकास लघुवित्तले पनि खराब कर्जा घटाएर ७.८९ प्रतिशतमा झारेको छ । त्यसैगरी, यस अवधिमा उपकार लघुवित्तको खराब कर्जा २.८२ प्रतिशत, धौलागिरीको ४.९३ प्रतिशत, वीन नेपालको २.६१ प्रतिशत र इन्फिनीटीको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ । 

Advertisment