काठमाडौं : ‘सदस्यहरू संस्थाहरूप्रति विश्वस्त छन् । उनीहरूले हामीमाथि गरेको विश्वास अलिकति पनि डगमगाउन दिएका छैनौँ । राम्रो काम गरिरहेकाहरूलाई बजारको हल्लाले केही असर पार्दैन’, यो भनाई एक सहकारी सञ्चालकको हो । सडकदेखि सदनसम्म सहकारीका विषय शीर्ष चर्चामा हुँदा सदस्य केन्द्रित भएर चलिर...
काठमाडौं : सरकारले ऊर्जालाई आर्थिक विकासको प्रमुख क्षेत्रका रूपमा विकास गर्दै लगेको छ । केन्द्रीय बैंकले ऋण लगानीका लागि कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनका क्षेत्र विशेष प्राथमिकतामा राखेको छ । प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने क...
मकवानपुरको मनहरी गाउँपालिका-४, मुसेधापमा एउटा बस्ती भेटिन्छ । जहाँ लोपोन्मुख समुदाय वनकरियाको बसोबास छ । वनकरिया नेपालको सबैभन्दा कम जनसंख्या भएको समुदाय हो । मुसेधापमा जम्मा २१ घर छन्, यी घरहरुमा ९२ जना बस्छन् । वनकरियाहरुले जंगलको जीवनशैली त्यागेर समुदायमा बस्न थालेको धेरै भएको छैन । दुई दशकअघि...
काठमाडौं : अर्बौ लगानी नउठ्दा बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । आर्थिक शिथिलताका कारण पछिल्लो समय खासै कर्जाको माग नआइरहेका बेला उता यसअघिनै गरेको लगानी समेत उठ्न नसकेपछि बैंकहरु तनावमा परेका हुन् । २०८१ असार मसान्तसम्म ५१ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस...
काठमाडौं : विश्व बजारमा नेपाली गलैँचाको माग उच्च छ । नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये अग्र स्थानमा गलैँचा नै पर्छ । तर, सरकारले ल्याएको नीतिका कारण गलैँचाको त्यो स्थान खस्किँदै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष गलैँचाको निर्यात घटेको छ । गत आवमा नेपालले १० अर्ब ५७ करोड...
काठमाडौं : २०७८ भदौ २ गते ‘अल टाइम हाई’ शेयर बजार परिसूचक ३१९८.६० बिन्दुमा पुगेको थियो । जतिबेला एकैदिन २२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । नेपालको सेयर बजारको हालसम्मकै उत्कर्षको समयमा अर्थमन्त्रीमा नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेल रहेका थिए । त्यसयता जतिपटक पौडेलले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तीब्र तयारी गरिरहेको छ । त्यसो त मौद्रिक नीतिकै लागि पहिलो पटक विज्ञ सम्मिलित सुझाव समिति बनाएको केन्द्रीय बैंकले बाहिरबाट सर्वसाधारणको सल्लाह सुझाव समेत लिईरहेको छ । सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) झण्डै ६ महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । अध्यक्ष रमेश हमाल गत पुस २१ गते आफ्नो कार्यकाल पुरा गरेर बोर्डबाट बाहिरिएसँगै रिक्त हुन पुगेको बोर्डको नेतृत्व राजनीतिक खिचातानिका कारण आजको दिनसम्म पूर्ति हुन सकेको छैन । अध्यक्ष हमालको बहिरगमनसँगै पाँच महिनादे...
काठमाडौं : सहकारी क्षेत्रको समस्या झन्झन् विकराल बन्दै जाँदा समस्याग्रस्त सहकारी संस्थाको संख्या र बचत अपचनको आकार बढ्दै जाने स्थिति बनेको छ । पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार २० वटा घोषित समस्याग्रस्त सहकारीबाट ५३ हजार बढी बचतकर्ताको करिब ३६ अर्ब रुपैयाँ अपचलन भएको देखिन आएको हो । भूमि व्यव...
समुदायका लागि समुदायकै पहलमा सामुहिक सहकार्यका लागि सहकारीको अवधारण अघि बढेको हो । समुदायमा मिलेर काम गर्ने संस्थाको रूपमा सहकारीको विकास भएको पाइन्छ । अझ एउटै प्रकृतिको काम गर्ने व्यक्ति, वर्ग र मजदुरहरूलाई व्यवसाय गर्न प्लेट फर्म दिने मनसायले सहकारीहरु स्थापना भएका हुन् । विश्वमा हेर्ने हो भने अमे...
काठमाडौं : खराब कर्जाको सिकारले बैंकहरुको नाफा प्रभावित भइरहेका बेला यता सरकारी राजस्व समेत केही गुम्न पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुको नाफा घटेसँगै यता आयकर भुक्तानी समेत घट्न पुगेको हो । चैत मसान्तसम्म ४६ अर्ब ४९ करोड रुपैयाँ हाराहारी नाफा कमाएका बैंकहरुले यता साढे १२...
काठमाडौं : जलस्रोतको दोस्रो धनी देश नेपाल जलविद्युत उत्पादनसँगै आर्थिक रुपान्तरणको पथमा तीब्रगतिमा अघि बढेको छ । आर्थिक विकासका लागि जलविद्युत उत्पादन र वितरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । ८३ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता रहेको भनिएपनि हालसम्म नेपालले २ हजार ९२५ मेग...
काठमाडौं : अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अहिले उत्साहित बनेको छ भने पर्यटन आवागमनमा पनि उल्लेख्य सुधार भएको छ । नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यव...
काठमाडौं : कोरोना महामारी पश्चात नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दो छ । प्रविधिको विकास सँगसँगै हरेक सर्वसाधारणले जानी नजानी भएपनि डिजिटल कारोबार मार्फत सर्वसाधारणहरु उन्मुख भएका छन् । अहिले काठमाडौं उपत्यका लगायत नेपालका मुख्य सहरहरूमा ठूला–ठूला सपिङ म...
काठमाडौं : अहिले विश्व नै आर्थिक मन्दीको चपेटामा छ । मन्दीको असरबाट नेपाल पनि अछुताे रहन सकेन । मन्दीकै कारण अहिले नेपालको समग्र वित्तीय क्षेत्र सकसमा छ । बजारमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको असर प्रत्यक्ष असर वित्तीय क्षेत्रमा देखिएको हो । एकातिर लगानी गर्न नसकेर बैंकहरुमा पैसा थुप्रिएको छ...
काठमाडौं : आधा दशक यता ललितपुर पाटनकी हेमा श्रेष्ठको दैनिकी फेरिएको छ । लामो समय जागिरे दैनिकी गरेकी हेमा पछिल्लो समय भने व्यवसायमा लागेकी छिन् । आधा दशक अघिसम्म उनी निर्यात कम्पनीमा काम गर्थिन् । राम्रो तलब पाए पनि उनी त्यहाँको कामबाट भने सन्तुष्ट थिइनन् । व्यवसायको क्षेत्रमा नेपालमै...
काठमाडौं : प्रविधिको प्रयोग र पहुँचमा छोटो समयमै नेपालले ठूलो फड्को मारेको छ । कोरोना महामारी अगाडी समान्यरुपमा अगाडी बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढ्दो छ । छिटो छरितो काम हुन थालेपछि नेपालको वित्तीय क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । विगतदेखि नै प्रविधिको विकास र प्रयोगमा जोड...
काठमाडौं : अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्र यतिबेला चर्चामा छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले सहकारी पनि अछुतो रहेन । त्यतिमात्र नभएर सुशासनलाई मिचेर सञ्चालकको मनोमानी बढेपछि सहकारी संकट थप जटिल बन्दै गएको छ । आफ्नो बचत फिर्ता नपाएर बचतकर्ताहरु सडक आन्दोलनमा छन् भन...
काठमाडौं : पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीको असर समग्र बैंक तथा वित्तीय संस्थामा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांक हेर्ने हो भने अधिकांश वित्तीय कम्पनीको नाफामा गिरावट आएको छ । बजारमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको असर लघुवित्तको वित्तीय विवरणमा परेक...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाको चार अर्ब बढी लगानी जोखिममा परेको छ । लगानी गरेको ऋण उठाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरु सकसमा परेका हुन् । समयमा ऋण उठाउन नसकेपछि चालु आर्थिक वर्षको साढे छ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको २५५ वटा मुद्दाको चाङ ऋण असुली न्यायाधीकरणमा पुग...
काठमाडौं : महिला हरित औद्योगिक पार्कको निर्माणको काम शुरु अगाडी नै विवाद उत्पन्न भएको छ । महिला उद्यमी महासंघ, दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाबीच निर्माण सम्झौता भएको उक्त पार्क शिलान्यासमै विवाद भएको हो । चार वर्षअघि निर्माण सम्झौता औद्योगिक पार्क निर्माणका...
काठमाडौं : पछिल्लो समय बैंकहरुको नाफा र आम्दानी घटेसँगै आयकर भुक्तानीमा पनि कमी आएको छ । बैंकहरुको नाफामा संकुचन भएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको हो । चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म बैंकहरुले सरकारलाई आयकर वापत करिब १० अर्ब रुपैयाँ बुझाएका छन् । हाल सञ...
काठमाडौं : अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेकाे नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । कोरोना महामारी पछि विश्वमा देखिएको आर्थिक मन्दीका कारण थलिएको यो क्षेत्र सुधार हुँदै गएको छ । अझ भनौं कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । निराशा र अस्...
काठमाडौं : कृषि क्षेत्रको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले शुरुवात गरिएको कृषि बीमा व्यवसाय अनुदानमै अल्झिएको छ । किसानलाई दिने अनुदानको रकम सरकारले समयमै भुक्तानी गर्न नसक्दा पछिल्लो समय कृषि बीमाप्रति किसानको विश्वास र आकर्षण घट्दै गएको छ । बीमाको आकार र प्रिमियम अनुदान बढेपनि यसको प्...