Below Menu
Below Menu

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवल : सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । संस्थाका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन् । 

बचतकर्ताको झण्डै एक अर्ब रकम हिनामिना गरेको आरोपमा अध्यक्ष गुरुङलाई बिहीबार बुटवल हिलपार्कबाट र पाण्डेयलाई शुक्रबार स्याङ्जाको बिर्घाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्ट«ार कार्यालयमा बचतकर्ताहरूले दिएको उजुरीपछि सुप्रिमका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए।

दुवै जनालाई शुक्रबारनै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक पण्डितले बताए। उजुरीका आधारमा रकम अपचलनको अवस्था, सङ्कलित रकम र ऋण लगानीका सम्बन्धमा छानबिन भइरहेको उनले बताए।

सहकारीविरुद्ध १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार रुपैयाँ हिनामिना भएको भन्दै सहकारीका बचतकर्ताहरूले प्रदेश सहकारी रजिष्ट«ारको कार्यालय दाङमा उजुरी दर्ता गरेका छन्।

Advertisment

थप समाचार