Below Menu
Below Menu

‘आय आर्जन तथा रोजगारी सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ’

‘आय आर्जन तथा रोजगारी सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ’

काठमाडौं : नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेकी छिन् ।

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै तिम्सिनाले समावेशी विकासको लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको बताईन ।

‘आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकास लगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ’, तिम्सिनाले भनिन्, ‘आय आर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ । 

धेरै विषय सकारात्मक हुँदा हुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव छ । निस्क्रिय कर्जा बढेर ६ प्रतिशत भन्दा माथि जाँदा जोखिम देखिएको भन्दै कायम मुकायम गभर्नर ढुंगानाले अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव दिईन । 

Advertisment

थप समाचार