काठमाडौं : शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार (फागुन ४) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा १६.८४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस पटक भने सेयरधनीको हात खाली गराएको हो । बैठकले वितरण योग्य नाफाबाट लाभांस प्रस्ताव नगरी संचित कोषमै संचित गर्ने निर्णय गरेको हो ।
Advertisment