काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांस वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७८/०७९ मा भने ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Advertisment