Below Menu
Below Menu

उपलब्धि सहकारीका सञ्चालक विरुद्ध मुद्दा दायर, ४६ करोड बचतमा ३७ करोड मात्रै लगानी

आफन्तको नाममा कर्जा दिएर बचत हिनामिना

उपलब्धि सहकारीका सञ्चालक विरुद्ध मुद्दा दायर, ४६ करोड बचतमा ३७ करोड मात्रै लगानी

काठमाडौं : उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका ११ सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ ।

सदस्यहरूको निक्षेप (बचत) फिर्ता नगरेको भन्दै उनीहरूविरुद्ध प्रहरीले जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो । एक सय एक जना सदस्यको १८ करोड ४० लाख ५४ हजार ठगी गरेको अभियोग संस्थाका सञ्चालकहरु माथि छ । उपलब्धि सहकारीका अध्यक्ष विपिन शर्मा मिश्र, उपाध्यक्ष रोशन थापा, सचिव अनिलप्रसाद खनाल र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई लाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, सञ्चालक समितिका सदस्यहरू गीता सिलवाल, सुशीला दाहाल, नवराज पोखरेल, सानुराजा शिल्पकार, बिनु सुवेदी रहेका छन् । त्यस्तै संस्थाका सल्लाहकार देवराज शर्मा र प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौलालाई पनि प्रतिवादी बनाइएको छ । संस्थाका अध्यक्ष मिश्रको गत साउनमा मृत्यु भएको थियो । देवराज शर्मा पूर्व अध्यक्ष समेत हुन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौला अध्यक्ष शर्माको श्रिमती हुन् । सदस्यको बचत रकम आफ्नो निजी कम्पनीमा लगानी गरी संस्थाको रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । संस्थाका अध्यक्ष मिश्रले उपलब्धि प्रकाशन सेवामा ११ करोड ८१ लाख, पूर्वअध्यक्ष शर्माले करुणा इन्टेरियरमा आठ करोड ८२ लाख ऋण लिई फिर्ता नगरेपछि संस्था धराशयी बनेको हो । 

त्यस्तै प्रमुख कार्यकारी अधिकृत निरौलाले आफन्तको नाममा कर्जा दिएर संस्थाको बचत हिनामिना गरेको प्रहरीले जनाएको छ । प्रहरीले पूर्वअध्यक्ष देवराज शर्मा, उपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरिसकेको छ । भने अन्य भने फरार छन् ।

संस्थाले सदस्यहरूलाई ४६ करोड २४ लाख फिर्ता गर्नुपर्ने र ३७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको अनुुसन्धानबाट खुलेको छ ।

Advertisment

थप समाचार