Below Menu
Below Menu

कर्जा सूचना केन्द्र नहुँदा सहकारीमा ऋण उठाउन सकस: अध्यक्ष मल्ल

कर्जा सूचना केन्द्र नहुँदा सहकारीमा ऋण उठाउन सकस: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले कर्जा सूचना केन्द्र कार्यान्वयनमा आउन नसक्दा सहकारीको कर्जा उठ्न नसकेको बताएकी छिन् ।

‘सहकारी पनि वित्तीय कारोबार गर्ने अंग हो । हामीले अहिले खोजेको भनेको कर्जा सुचना केन्द्रको कार्यान्वयन आउनु भन्ने हो । यो कार्यान्वयन नहुँदा सहकारीको ऋण उठन सकेको छैन’, अध्यक्ष मल्लले भनिन् ।
महिला आर्थिक पत्रकार संघले आयोजना गरेको ‘बैंकिङ क्षेत्रको हालको अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई नियमन गर्ने छुट्टै निकाय आवश्यक रहेको समेत बताईन ।

सञ्चालकहरुले अचल सम्पत्तिमा लगानी गरेका कारण सहकारीहरुमा समस्या आएको समेत बताईन ।

Advertisment

थप समाचार