Below Menu
Below Menu

आलु, प्याज र सागको मूल्यलाई हेरेर बजारमा मूल्यवृद्धि मापन गर्न मिल्दैन: कार्यकारी निर्देशक श्रेष्ठ

आलु, प्याज र सागको मूल्यलाई हेरेर बजारमा मूल्यवृद्धि मापन गर्न मिल्दैन: कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा‍‍‍. प्रकाश कुमार श्रेष्ठले आलु, प्याज र सागको मूल्यलाई हेरेर बजारमा मूल्यवृद्धि मापन गर्न नमिल्ने बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको अवस्था चुनौती र आगामी कार्यदिशाको नीतिगत बहसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, 'मूल्यवृद्धि बढ्ने दर घटेको हो। मुल्य वृद्धि घटेको होइन। बजार आलु, प्याज र सागको मूल्यलाई हेरेर मात्र मूल्यवृद्धि मापन गर्न मिल्दैन।' यसका साथै उनले विदेशी मुद्रा सञ्चितिलाई सरकारले पूँजीगत खर्च बढाएर यसको प्रयोग गर्नुपर्ने बताए।

'मुद्रा सञ्चितिलाई उद्योगी व्यवसायी र सरकारले प्रयोग गर्नुपर्छ। विकास खर्च बढाउनुपर्यो। व्यवसायीहरूले योजना बनाएर व्यवसाय गर्नुस। औद्योगिक कच्चा पदार्थहरू ल्याउनुस्। ब्याजदर अझै घट्छ। आवश्यक रुपमा विदेशी सञ्चिती दिन राष्ट्र बैंक तयार छ', उनले भने।

साथै उनले अर्थतन्त्रका सरोकारवालाहरूले रेमिट्यान्सको सहि सदुपयोग गर्नुपर्ने बताए। उनले भने,'रेमिट्यान्स पठाउनेले घर खर्च मात्र गर्ने हो। अर्थतन्त्र सबैको हो। रेमिट्यान्सको सहि सदुपयोगले रोजगारी सिर्जना गर्छ।' महत्वकांक्षी बजेटको प्रवृत्ति रहेको बताउँदै उनले निराश नहुन आग्रह गरे।  श्रेष्ठले भने, 'हामीले सोचेको समृद्धि टाढा छ निराश भएर अतालिनु पर्ने अवस्था छैन।' गाउँमा वित्तीय पहुँच वृद्धिका लागि बैंकहरूलाई धकेलेर पठाएका छौ । गरिबले ऋण नपाएका होइनन् ऋण बढि भइरहेको छ। २४ लाख बढी लघुवित्तका ऋणी छन्। ४ खर्ब बढी ऋण लगानी भएको छ उनको भनाई थियो।

Advertisment

थप समाचार