काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहिबार नेप्सेमा तीन अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment