Below Menu
Below Menu

रियल स्टेटमा धेरै लगानी गर्दा बैंकहरूको खराब कर्जा बढ्यो

रियल स्टेटमा धेरै लगानी गर्दा बैंकहरूको खराब कर्जा बढ्यो

काठमाडौं : पूर्व बैंकर भुवन दाहालले रियल स्टेटमा धेरै लगानी गर्दा बैंकहरूको खराब कर्जा बढेको बताएका छन् ।

आइतबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको अवस्था चुनौती र आगामी कार्यदिशा को नीतिगत बहसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 'कर्जा र निक्षेपको अनुपात बढेको छ। बैंकहरुसंग एक खर्ब २५ अर्बको आइडल फण्ड छ। आत्तिनु पर्ने अवस्था छैन, कार्यक्रममा बोल्दै उनले भने,' बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गामा धेरै भयो। केहि कर्जाको दुरुपयोग हुँदा खराब कर्जा बढेको छ।'

घरजग्गाको मूल्य बढेपनि त्यसमा करेक्सन हुन आवश्यक रहेको बताउंदै उनले खराब कर्जा अझै केही प्रतिशत बढेपनि प्रशस्त धितो रहेका कारण आत्तिनु अवस्था नरहेको बताए।

'केहि स्ट्रेस छ यसलाई सम्बोधन गर्नुपर्छ। सरकारले पनि विकास खर्च बढाउनुपर्छ, 'उनले थपे।।

यसका साथै उनले  रियल स्टेटमा जाने कर्जालाई धेरै खुला नगरिदिने समेत राष्ट्र बैंकलाई आग्रह गरे। साथै सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा त्यसको असर समग्र वित्तीय क्षेत्रमा परेको बताए।

Advertisment

थप समाचार