काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । आइतबार नेप्सेले हिमालयन रि–इस्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
यी दुई कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेसंगै नेप्सेले कम्पनीको अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार हिमालयन रि–इस्योरेन्सको ४ प्रतिशत बोनस बापतको ६३०.२९ रूपैयाँमा समायोजन भएको छ। कम्पनीको अन्तिम कारोबार ६४५.१० रूपैयाँमा भएको थियो ।
त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस बापतको शेयर मूल्य ६१६.८० रूपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ६६४. ६० रूपैयाँमा भएको थियो ।
Advertisment