Below Menu
Below Menu

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको मर्जर पछिको पहिलो साधारण सभा फाल्गुन ६ गते आइतबार अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडौंमा सम्पन्न भएको हो ।

साविकको यूनाइटेड इन्स्योरेन्स (नेपाल) र साविकको अजोड इन्स्योरेन्स एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स साथै यूनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । 

साथै आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । साथै सभाले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ बोनस कर प्रयोजनका लागि ०.५४०१ का दरले हुने एक करोड २ लाख ८५ हजार ८९४ दशमलव ७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सिजि फुडस् नेपालको तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुपको तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
 

Advertisment

थप समाचार