काठमाडौं : राधी साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २२ गतेबाट बन्द भएको उक्त आयोजना ६ महिनापछि पुनः सञ्चालनमा आइएको हो ।
राधी विद्युत कम्पनी लिमिटेडद्वारा कम्पनीद्वारा प्रवद्र्धित राधी साना जलविद्युत आयोजना (४.४ मे.वा.) फागुन ६ गतेबाट पुन सञ्चालनमा आएको हो ।
गत असारमा अविरल रुपमा आएको वर्षाका कारण राधी खोलामा आएको बाढी र पहिरोका कारण यो आयोजनाको हेडवर्क्स र हेडरेस पाइपमा ठूलो क्षति पुर्याएको थियो ।
जसका कारण सोही दिन राति करिब ९ बजेबाट उक्त आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो । क्षतिग्रस्त संरचना मर्मत गरी फागुन ५ गते परीक्षण कार्य सम्पन्न गरी फागुन ६ गते दिउँसो ४ बजेबाट आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।
Advertisment