Below Menu
Below Menu

शेयर बजारको गिरावट कायमै, तीन अर्ब ११ करोडमा समेटियो कारोबार

शेयर बजारको गिरावट कायमै, तीन अर्ब ११ करोडमा समेटियो कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो । आज सामलिङ ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार