काठमाडौं : क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएकाे थियाे । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले जीत हासिल गरेको हो ।
यो जितसँगै नेपालले ३ खेलको शृंखला १–१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनाएको थियो ।
Advertisment