काठमाडौं : काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको जग्गा संरक्षण गर्ने भएको छ । लिता निवास क्षेत्रको जफत भएको सम्पत्ती ७ दिनभित्र छाड्न व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरुलाई हट्न महानगरले निर्देशन दिएको छ ।
महानगरले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरपालिकाले जनाएको छ ।
फागुन ३ गते मात्रै बालुवाटारस्थित ललित निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दामा विशेष अदालतले उक्त जग्गा सरकारको हुने फैसला गरेको थियो ।

Advertisment